बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तनाव मुक्त रहन यी तीन नियम आवश्यक, के तपाईँ लागू गर्नुहुन्छ ?

बुधबार, १० फागुन २०७९, १४ : १६
बुधबार, १० फागुन २०७९

‘तनाव छ’ । आजकाल यो शब्द धेरैको मुखमा झुन्डिने गर्छ । तनावबाट कसरी मुक्त हुने होला भनेर पनि धेरैले कुरा गरिरहेका हुन्छ । जो पनि तनाव रहित जीवन बाँच्न चाहन्छन् तर हाम्रा केही बानीले हामीलाई तनावबाट मुक्ति दिइरहेको हुँदैन । आज हामी तपाईँलाई यस्ता तीन नियम बताइरहेका छौँ जसले तपाईँलाई तनावबाट मुक्त गराउन सहयोग गर्छ ।

तनावमुक्त जीवन किन चाहिन्छ ?

तपाईँ तनावमा हुँदा जीवनमा कुनै पनि कुरामा खुसी हुन सक्नुहुन्न जसको असर तपाईंको रचनात्मकतामा पनि पर्छ । यस्तै, जब तपाईँ तनाव मुक्त जीवन बाँच्न थाल्नुहुन्छ, तपाईंको रचनात्मकता आफसे आफ बढ्छ । रचनात्मकता बढ्दा तपाईँ आफ्नो जीवनमा थप सफलता हासिल गर्न सक्नुहुनेछ । यति मात्रै होइन, तनावले तपाईंको शारीरिक स्वास्थ्यमा पनि निकै असर पार्छ । त्यसैले राम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि तनाव मुक्त हुन आवश्यक छ । तनाव मुक्त रहन केही सहज तरिकाबारे यहाँ कुरा गरिएको छ ।

जे भएकै छैन, त्यसबारे चाहिनेभन्दा बढी नसोच्नुहोस्

तनावको सबैभन्दा ठुलो कारण भनेको हामीले चाहिनेभन्दा बढी सोच्नु हो । हामी धेरैजसो यस्ता चिजबारे सोच्छौँ, जुन भएकै हुँदैन । यस्तो स्थितिमा हाम्रो दिमाग धेरैजसो स्ट्रेसमा जाने गर्छ । उदाहरणका लागि तपाईंको भोलि परीक्षा छ, तपाईँले धेरै मेहनत पनि गर्नुभएको छ तापनि धेरै जनाले के सोच्न थाल्छन् भने परीक्षामा फेल भए आमा–बुवालाई के भन्ने होला भनेर सोच्न थाल्छन् । यस्तोमा परीक्षाको नतिजा आउनु अघि नै तपाईँ तनाव लिन थाल्नुहुन्छ । त्यसैले आफ्नो दिमागमा यस्ता परिस्थिति बनाउन बन्द गर्नुहोस् ।

सधैँ वर्तमानमा बाँच्नुहोस्

खुसी र तनाव मुक्त रहनुको मूल मन्त्र यो हो कि तपाईँ वर्तमानमा बाँच्नुहोस् । मानिसलाई या त उनीहरूको भविष्यले तनाव दिन्छ या उनीहरूको विगतले । यी दुवै अवस्थामा तपाईंको फोकस र प्रोडक्टिभिटीमा असर पर्छ । त्यसैले यदि तपाईँ तनावमुक्त रहन चाहनुहुन्छ भने सधैँ वर्तमानमा बाँच्नुहोस् । तपाईँ अहिले जे गरिरहनुभएको छ, त्यसलाई पूरा मेहनत र लगनका साथ गर्नुहोस् । उदाहरणका लागि यदि तपाईँ कुनै पार्टीमा जानु भएको छ र त्यहाँ पनि यदि तपाईँ भूत र भविष्यको चिन्तामा डुबिरहनुहुन्छ भने तपाईँ त्यो पलमा रमाउन नै सक्नुहुन्न । पछि तपाईँलाई ‘मैले पार्टीमा किन रमाइलो गरिनँ’ भनेर अफसोस पनि लाग्न सक्छ ।

तपाईँसँग के छ त्यसमा केन्द्रित हुनुहोस्

तपाईँले महसुस गर्नुभएको होला कि हामीसँग जे छ, त्यसलाई हामीले कदर गर्दैनौँ तर जे चिज हामीसँग छैन, दिनभरि त्यसबारे मात्रै सोचिरहनु हुन्छ । यद्यपि, यदि तपाईँ तनाव मुक्त जीवन चाहनुहुन्छ भने ती चिजमा मात्रै ध्यान केन्द्रित गर्नुहोस् जसलाई तपाईँले प्राप्त गर्नुभएको छ । यसका लागि तपाईँले स–साना सफलताको पनि उत्सव मनाउन आवश्यक छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप