आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरलाई हरियाली सहर बनाउन काम भइरहेको छ : चिरिबाबु महर्जन

बुधबार, १० फागुन २०७९, १४ : २५
बुधबार, १० फागुन २०७९

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली सहर बनाउने योजनाअनुसार काम भइरहेको बताएका छन् ।

बुधवार ललितपुरमा नेपाल स्काउट बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   

प्रमुख महर्जनले आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय र सहकार्य गरी हरियाली सहर बनाउने र ललितपुर महानगरपालिकालाई सुरक्षित सहर बनाउने कुरामा लाग्ने प्रतिबद्धता जनाए । 

उनले महाकांल, वागमती गाउँपालिकाहरुमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरु पु¥याउन प्रतिवद्ध रहने बताए । उनले ललितपुर महानगरपालिकालाई हरियाली सहर बनाउनका लागि योजना र कार्यक्रम बनाइ काम पनि सुरु गरिसकेको बताए । 

उनले सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिए त्यहाँबाट हरियाली ललितपुरको काम सुरु गरेको बताए । 

स्काउट प्रवर्तक लर्ड वेडेज पावेल् तथा लेडी वेडेन पावेलको जन्मोत्सव एवं यु फाउण्ड थिंकिङ डेको अवसरमा नेपाल स्काउट बागमती प्रदेशले सो कार्यक्रम गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप