ज्ञानेन्द्र मल्लको बयान: यसरी आयो नेपाल टी–२० क्रिकेटमा फिक्सिङको अफर
काठमाडौँ । नेपाल टी–२० क्रिकेट लिगमा भएको फिक्सिङ प्रकरणमा क्रिकेटर ज्ञानेन्द्र मल्लले आफ्नो बयान दिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोसँग उनले आफू सो प्रतियोगिताका लागि काठमाडौँ नाईट्स टिमबाट खेलेको उल्लेख गरेका छन् ।
काठमाडौँ नाइट्सको सञ्चालक नविन कँडेलसँग भएको सम्झौताअनुसार आफू १५ लाख रुपैयाँमा अनुबन्ध गरिएको मल्लले बताएका छन् । यद्यपि दैनिक भत्ता भनेर दिइएको ८ हजार रुपैयाँबाहेक हालसम्म कुनै रकम तथा पारिश्रमिक नपाएको उनको भनाइ छ ।
‘शुरुमा अनुबन्ध भएको रकम खेल खेल्नु अगाडी ५० प्रतिशत र खेल खेलिसकेपछि ५० प्रतिशत गरी रकम भुक्तानी गर्ने सहमति भएकोमा सहमति अनुसार रकम भुक्तानी नभएपछि पछि क्यानले दिएको प्रतिबद्धता पत्रमा खेल सकिनु अगावै नेपाली खेलाडीहरुले पाउनु पर्ने रकमको ६० प्रतिशत र बाँकी ४० प्रतिशत रकम खेल सकिएको ६ (छ) महिना भित्र १५ प्रतिशत कर कटाएर हुन आउने रकम गरी १०० प्रतिशत रकम भुक्तानी दिने भनी प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ’, उनले भनेका छन् । उनले काठमाडौँ नाइट्सको खेलाडी मलेसियन नागरिक बिरनदिप सिंहलाई आफ्नो टिम काठमाडौँ नाइट्सकै म्यानेजमेन्ट टिमको व्यक्तिले कफी खान भन्दै पुस १६ गते बोलाएर प्रलोभन दिइएको खुलाएका छन् ।
सो क्रममा म्यानेजमेन्ट टिमका व्यक्तिले भने अनुसार गरेमा सम्झौतामा भन्दा दोब्बर पारिश्रमिक दिने भनेर सिंहलाई प्रलोभन दिएको मल्लले खुलाएका छन् । यस्तै अर्को सिजनमा फेरी टिममा अनुबन्ध गर्ने र क्याप्टेन बनाउनेसम्मको प्रस्ताव गरेको मल्ल्ले खुलाएका छन् ।
‘बिरनदिप सिंहले काठमाडौँ नाइट्सको क्याप्टेन भएकोले शुरुमा मलाई नै जानकारी गराएकोले मैले सो बारेमा आधिकारिक व्यक्ति एसियु अफिसर वीर सिंहलाई जानकारी गराउनु पर्छ भनी भनेको तर उ निकै नै डराएको कारण मैले वीर सिंहलाई एक पटक हाम्रो टिमको खेलाडी बिरनदिप सिंहलाई भेट गरी कुराकानी गर्नुहोस्, बिरनदिप सिंहलाई खेलको सम्बन्धमा विभिन्न आर्थिक प्रलोभनको प्रस्ताव आएको रहेछ सोही बारेमा कुरा गर्नुहोस् भनी भनेपछि वीर सिंहले बिरनदिप सिंहलाई भेटी हाम्रो टिमको म्यानेजर जस करण वाहीलाई समेत बोलाई कुराकानी गर्नु भएको थियो’, मल्लले भनेका छन् ।
पछि वीर सिंहले विकास नाम गरेका म्यानेजमेन्ट टिमका व्यक्तिलाई कारबाही गरिएको जानकारी गराएको मल्लको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण