आज रातिदेखि धनगढी झिलिमिली पारिँदै
धनगढी । धनगढी उपमहानगरपालिकाको छ लेन सडक खण्डमा बुधबार साँझदेखि स्मार्ट लाइट बालिने भएको छ ।
बत्ती जडानको पहिलो चरणको कार्य पुरा भएपछि आज साँझदेखि सो बत्ती बाल्न लागेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । आज नै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस अवसरमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरवासीलाई सहभागिताको लागि हार्दिक अनुरोध समेत गरेका छन् ।
धनगढीमा ३ चरणमा बत्ती जडानको कार्य हुँदैछ । पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरणको ४० र धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लागत साझेदारीमा काम भएको छ । पहिलो चरण अन्तरगत धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म स्मार्ट बत्ती जडान गरिएको छ ।
यस चरणमा करिब ४३२ वटा बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच लगानी साझेदारी रहेको छ । जसको लागि २ करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो ।
सडकको २८ मिटरको दुरीमा जडान गरिएको छ । २१६ पोलमा ४३२ वटा बत्ती जडान गरिएको हो । ती बत्तीहरूमा बिहान भएपछि निभ्ने र राति भएपछि आफै बल्ने सेन्सर समेत जडान गरिएको सूर्योदय ऊर्जा प्रालिका इन्जिनीयर रविन महतोले जानकारी दिए ।
दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले आफ्नो एकल लगानीमा बढी प्रकाश दिने हाईमास्ट लाइट जडान गर्ने भएको छ । जस अन्तरगत १० वटा बत्ती १६ फिट अग्लो पोलमा जडान हुने मेयर हमालले जनाए । जसको लागि टेण्डर भइसकेको उनको भनाइ छ ।
तेस्रो चरणमा कैलाली भन्सारदेखि चौराहासम्म र धनगढी उपमहानगरको क्षेत्र पर्ने गेटा क्षेत्रतिर बत्ती जडान गरिने भएको छ ।
बत्ती जडानपछि रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण हुने आशा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण