शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
सुरक्षा

डीआईजी सिंहको उमेर विवरण प्रहरीमा र किताबखानामा समान

बुधबार, १० फागुन २०७९, १५ : १५
बुधबार, १० फागुन २०७९

काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहको उमेर विवादमा परेको छ । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको सिटरोल र राष्ट्रिय किताबखाना (प्रहरी) मा भएको विवरण समान रहेको पाइएको छ । प्रहरी कितावखानाको रेकर्ड अनुसार २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक प्रमाणपत्रको विवरणमा उनको जन्ममिति २०२५ साल पुस १६ रहेको राष्ट्रिय किताबखाना (प्रहरी)का निर्देशक सहदेव रायमाझीले रातोपाटीलाई बताए ।

प्रहरी प्रधान कार्यालयको अभिलेखमा २०२५ पुस १६ लाई मान्यता दिएको छ । नागरिकता र शैक्षिक प्रमाणपत्रमा १ वर्ष ६ महिना २४ दिन फरक भएको बारेमा के निर्णय हुन्छ भन्नेबारे अन्योल देखिएको छ ।

प्रहरी नियमावली–२०७१ को नियम १२७, १३९ र १८९ मा उमेर विवादबारे उल्लेख गरिएको छ । प्रहरी नियमावली अनुसार पुराना नागरिकता र शैक्षिक प्रमाणपत्रमा १ वर्षभन्दा कम उमेर फरक भेटिएमा शैक्षिक प्रमाणपत्रको उमेरलाई आधिकारिक मान्ने अभ्यास छ ।

तर, सिंहको उमेर १ वर्षभन्दा धेरै फरक देखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रतिस्पर्धामा रहेका सिंहले बुधवार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् ।

उमेर विवादबारे आधिकारिक निर्णय प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय वा मन्त्रिपरिषद्ले गर्नुपर्ने प्रहरी किताबखानाका अधिकृतहरू बताउँछन् । ‘उमेरको आधिकारिकता हामीलाई प्रहरी प्रधान कार्यालय वा अन्यत्रबाट निर्णय भएर आउनुपर्छ’ प्रहरी किताबखानाका निर्देशक सहदेव रायमाझी भन्छन्,‘सिफारिस भएर आएपछि त्यसैअनुसार पेन्सन पट्टा बनाउँछौं, त्यसबारे निर्णय गर्ने अधिकार हामीलाई छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप