बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
नेपाल टी–ट्वान्टी लिग

विदेशी खेलाडीको नाटकीय परिवर्तन, टिम म्यानेजर र आयस्रोतबारे  खेलाडी अनविज्ञ

बुधबार, १० फागुन २०७९, १५ : ४०
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको भन्दै सीआईबीले छानबिन गरेर दुई खेलाडीसँगै पाँच जनालाई नियन्त्रणमा लिएको छ । 

प्रतियोगिताको दौरानमा नै खेलाडीहरुलाई टिम म्यानेजर र कप्तानले नै स्पट फिस्किङको अफर गरेको खुलेको छ । केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले लिएको बयानमा धेरै खेलाडीले आफ्नो टिममा टिम म्यानेजर नै लागेर अन्तिम समयमा विदेशी खेलाडी परिवर्तन गरेको बताएका छन् । 

जनकपुर रोयल्सका खेलाडी सोमपाल कामीले आफ्नो टोलीमा अन्तिम समयमा दुई विदेशी खेलाडी परिवर्तन गरिएको बयान दिएका छन् । उनले खेलाडी परिवर्तन गरेको विषयमा आफू जानकार नभएको बताएका छन्। 

‘हाम्रो टोलीले खरिद गरेका आदम ल्याथ र इब्राइम जर्दानलाई अन्तिम समयमा परिवर्तन गरेर चविक वाल्टोन, समित सिरवानी र सर्फदिन आस्रिफलाई अनुबन्ध गरेको कुरा मलाई जानकारी भएन र टिमको आयस्रोत पनि मलाई थाहा भएन,’ कामीले भनेका छन् । 

यता फार वेस्ट युनाइटेडका खेलाडी करण केसीले पनि आफ्नो टोलीमा विदेशी खेलाडी अनुबन्ध हुँदा जानकारी नभएको र टिममा हुँदा मात्र थाहा भएको बताएका छन् । त्यस्तै उनले टिमको आयस्रोत पनि थाहा नभएको बताएका छन् । 

काठमाडौं नाइट्का कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीले किनेका खेलाडीहरु अन्तिम समयमा परिवर्तन भएको बताएका छन् । 

‘कान्तिपुर टिम मालिक हुँदा किनेका थिसारा परेरा, धनन्जय डी शिल्भा र कामिन्डा मेन्डिस श्रीलंकन प्रिमियर लिग खेल्न भनेर नआएको र टिमले आलेर ब्ल्याक, रियान बुरी र आजमतउल्ला ओमाती आएका थिए । मलाई टिमको आयश्रोत थाहा भएन,’ ज्ञानेन्द्रले बयानमा भनेका छन्। 

मल्लले आफूलाई काठमाडौंकै टिम म्यानेजर व्यक्ति विकासले टिमका खेलाडी भिरदीप सिंहलाई कफि खान भनेर बोलाएको र उनले सिंहलाई दोब्बर पैसा दिने र आफूले भने अनुसार गरे कप्तान पनि बनाउने लोभ देखाएको बताए । 

उनले टिमको कप्तान भएको नाताले आफूलाई पहिले भनेको हुनाले जानकारी पाएको र उक्त जानकारी एन्टी करप्सन युनिटलाई दिएको बताए । 

यता विराटनरका कप्तान रोहित कुमार पौड्यलले पनि अन्तिम समयमा टिममा खेलाडी परिवर्तन भएको र त्यो विषयमा आफूलाई धेरै जानकारी नभएको बताएका छन् । 

‘विराटनगरले सुरुवातमा एन्गेलो म्याथुस, जोसुवा प्रेसुद र मिन्दो रानासिंङ्गेलाई अनुबन्ध गरेको थियो । उनीहरूको स्थानमा स्थानमा सिकन्दर राजा, हुसेन तलाद र राज राक्की नाननलाई भित्राएको थियो । सिकन्दर राजाले भने स्पट फिक्सिङको शंका मानीबीचमा नै खेल छोडेर गएका थिए । विराटनगरले उनको स्थानमा सञ्जिवा कुमारास्वामीलाई ल्याएको थियो,’ रोहितले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप