लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठक पश्चात् संसद् भवन बाहिर सञ्चारकर्मीहरूलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रूपमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताए । उनले विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू समेत भइसकेको बताए ।
अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरुले काम थालनी गरेको बताए । उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।
उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताए । उनले सरकार उत्पादनका सबै क्षेत्र,निजी क्षेत्रका सरोकार र समस्याहरूलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको बताए । अर्थमन्त्री पौडेलले राजश्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण