आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल

बुधबार, १० फागुन २०७९, १७ : ०९
बुधबार, १० फागुन २०७९

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् । 

बुधवार प्रतिनिधि सभाको बैठक पश्चात् संसद् भवन बाहिर सञ्चारकर्मीहरूलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।   

उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रूपमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताए । उनले विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू समेत भइसकेको बताए ।   

अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरुले काम थालनी गरेको बताए । उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 

उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताए । उनले सरकार उत्पादनका सबै क्षेत्र,निजी क्षेत्रका सरोकार र समस्याहरूलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको बताए ।   अर्थमन्त्री पौडेलले राजश्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप