लोक तथा दोहोरी गीत प्रतिष्ठान फुट्ने पक्का, बाहिरिए विष्णु खत्री
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान फुट्ने पक्का पक्की भएको छ । गायक विष्णु खत्रीले प्रतिष्ठानबाट बाहिरिएको घोषणासँगै प्रतिष्ठान फुट्ने पक्कापक्की भएको हो ।
सामाजिक सञ्जाल एक पोष्ट गर्दै खत्रीले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् ।‘उमेरको ऊर्जाशील समय संस्थालाई हुर्काउन बढाउनकै निम्ति घरपरिवार भन्दा संस्थालाई शिरमा राखेर आर्थिक, भौतिक, नैतिक र सांस्कृतिक रूपले त्याग र समर्पण गरेकोले पनि एकचोटि संस्थाको नेतृत्व लिएर कलाकार र कलाकारिता जगतको उत्थानका लागि केही गर्ने दृढ सोच सङ्कल्प र अठोट लिएको थिएँ । तर मेरो उक्त योजना माथि बज्रपात हुन पुग्यो’ उनले भने ‘यसपालि भने अग्रज कलाकारबाट नेतृत्वमा आउन म प्रति केही सद्भाव रहन्छ कि भन्ने झिनो आशा राखेको थिएँ । तर विडम्बना यो सौभाग्य पनि प्राप्त गर्न सकिन । न त अनुजले नै अग्रजको सम्मान गरेर भूमिका दिने कुनै मनसाय देखियो । संस्थाको नाराले मलाई नै गिज्याएको अनुभूति भयो । अब फेरि अनुज भाइबहिनीसँग चुनावी प्रतिस्पर्धामा होमिनु शोभनीय नहुने र मेरो नैतिकताले पनि यसो गर्नु उचित नहुने मेरो ठम्याई छ ।’ उनले अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने समेत खुलाएका छन् ।
‘आजैको मितिबाट सांगठनिक र भावनात्मक रूपले यस संस्थाको यात्रामा पूर्णविराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु’ उनले अगाडि थपेका छन् ‘कलाकारको हकहितको मुद्दामा र संस्कृतिको जगेर्नार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्री रूपमा रहनेछु ।’
धादिङमा फागुन १२ गतेदेखि हुन लागेको प्रतिष्ठानको महाधिवेशनअघि आएको खत्रीको बहिर्गमनले प्रतिष्ठानको आन्तरिक राजनीतिमा तरङ्ग सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण