बारामा बिहीबारदेखि सातौँ जिल्ला स्तरीय कराँते प्रतियोगिता
बुधबार, १० फागुन २०७९, २० : १७
बारा । बारामा बिहीबारदेखिसातौँ जिल्ला स्तरीय नेपाल सितोरियो कराँते प्रतियोगिता सुरु हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित शान्ति टोल खेल मैदानमा ३ दिनसम्म कराँते प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाल सितोरियो कराँते शाखा डोजोले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा २० केजी देखि ६८ किलोसम्म तौल भएका बालकदेखि वृद्धसम्मले प्रतियोगितामा भाग लिन सक्ने जानकारी दिएको छ । कार्यक्रमका संयोजक तथा प्रशिक्षक मनोज साहले
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको साथै मेडल र सिल्डसमेत प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा ४ लाख ३५ हजार ५ सय अनुमानित खर्च लाग्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण