सडक सञ्जालसँग जोडिँदै नार्पाभूमि
मनाङ । हिमाली जिल्ला मनाङमा सडक सञ्जाल विस्तार भएको २० वर्ष भयो । मनाङमा सडक विस्तार भएको २० वर्षपछि जिल्लाको विकट क्षेत्रको रूपमा रहेको नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग जोडिने भएको छ ।
प्रदेश सरकार र पालिकाबाट बजेट छुट्याइएपछि नार्पाभूमिमा सडक सञ्जालको ट्र्याक खोल्न लागिएको हो । सडक सञ्जालबाट वञ्चित रहेको यस पालिकामा हाल सडक सञ्जाल विस्तारको काम भइरहेको छ । नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । केही भागमा सडक विस्तारका ट्र्याक खोल्ने काम भएको नार्पाभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए ।
उनका अनुसार सडकको ट्र्याक खोल्नका लागि गण्डकी प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु ९० लाख विनियोजन भएको छ । मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा बल्ल मात्रै सडकको ट्र्याक खोल्न लागिएको उनले बताए । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेञ्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने लक्ष्यमा पुगेको बताए । “पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्र्याक खोल्ने योजना बनाएको थिएँ, यसमा प्रदेश सरकारले सहयोग गर्दा अझ हौसला थपिएको छ”, अध्यक्ष लामाले भने ।
पालिकाको तल्लो क्षेत्रमा सडक सञ्जालको विस्तारका लागि ट्र्याक खोल्ने काम भइरहेको उनले बताए । “यहाँ ट्र्याक खोलेर मात्रै सुरक्षित यात्रा गर्न त पाउने छैनौँ, तर भीरको बाटो छ, जोखिम उत्तिकै रहेको छ, त्यसलाई मध्यनजर गरी यहाँका नदीनालाको जोखिमलाई न्यूनीकरण गर्न पुल निर्माण पनि उत्तिकै आवश्यक रहेको छ”, लामाले भने ।
यस पालिकामा ट्र्याक खोलिएसँगै स्थानीयवासीमा खुसी छाएको छ । जोखिम बाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता हट्ने उनीहरूको आशा छ । मस्र्याङ्दीलगायत साना ठूला नदीमाथि पुल निर्माण गर्न सकिए अझै यस पालिकाको सडक सुरक्षितरूपमा यात्रा गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण