डायलासिसका लागि पालो पाउन कठिन
काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस गर्न सक्छ । पालो नपाउनेहरू घर फर्किनुबाहेक उपाय रहँदैन । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले ४५ वटा डायलासिस मेसिनबाट तीन सेसन गरेर डायलासिस भइरहेको जानकारी दिँदै भने, “सबैलाई डायलासिस सेवा उपलब्ध गराउनु परेमा ५० वटा मेसिन थप्नुपर्ने हुन्छ । त्यति थप्दा जनशक्ति पनि थप्नुपर्छ ।”
डायलासिसका लागि पालो कुर्नेहरू धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्र नभई देशभरका स्वास्थ्य संस्थामा अवस्था यस्तै छ । मुलुकभरमा सूचीकृत ५० वटा सरकारी र २९ वटा निजी, सामुदायिक तथा शिक्षण अस्पतालमा डायलासिस हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गेलालले सरकारी अस्पतालमा २८० र निजी अस्पतालमा ४३३ गरी ७१३ वटा डायलासिस मेसिन सञ्चालनमा रहेको जानकारी दिए।
वीर अस्पतालका प्रवक्ता सागर मिश्रले सो अस्पतालमा २० वटा डायलासिस मेसिन सञ्चालनमा रहेको जानकारी दिए। सो अस्पतालमा तीबाहेक आकस्मिक वार्डमा एक र आईसीयूमा एक मेसिन सञ्चालनमा छ । अस्पतालले दैनिक १२५ जनालाई सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्र रहेको स्थान अत्यन्त सानो भएकोले थप सेवा विस्तार गर्न कठिन रहेको डा श्रेष्ठको भनाइ छ । उनले अन्य स्थानमा केन्द्रलाई विस्तार नगर्ने हो भने थप बिरामीलाई सेवा दिन सहज नहुने जानकारी पनि दिए।
पछिल्लो समयमा मिर्गौलाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । खानपिनलगायतका कारण यस्ता बिरामीको सङ्ख्या निराशाजनक रूपमा बढ्दै गएको भनाइ चिकित्सकको छ । सामाजिक स्वास्थ्य सुरक्षा शाखा प्रमुख डा। गेलालले जटिल आठ रोगमध्ये मिर्गौलासम्बन्धी समस्या भएका बिरामी बढी रहने गरेको जानकारी दिए। जटिल रोगको उपचार गर्न सूचीकृत ११२ स्वास्थ्य संस्थामध्ये ७९ वटा स्वास्थ्य संस्थाले मात्र मिर्गौलाको डायलासिसका लागि सूचीकृत छन् । उनका अनुसार सूचीकृत हुनका लागि निवेदन दिने संस्थाको सङ्ख्या पनि निकै बढेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार मुलुकभर छ हजारभन्दा बढी मानिसका मिर्गौलाले काम गर्दैन । तीमध्ये पाँच हजारले निःशुल्क रूपमा डायलासिस गर्दै आएका छन् । बाँकी एक हजारले शुल्क लिएर आकस्मिक रूपमा डायलासिस गर्दै आएका छन् । त्यस्ता बिरामीले सातामा तीन पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण