सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

त्रिवि तोडफोडमा संलग्नलाई काठमाडाैँका सीडीओले सामान्य धरौटीमा छाडे

आइतबार, ०१ असार २०८२, २२ : ३१
आइतबार, ०१ असार २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय तोडफोडमा संलग्न नेविसंघका नेताहरूलाई जिल्ला प्रशासन कार्यालयले रिहा गरेको छ । २७ जेठमा पक्राउ परेका दिक्पाल कार्की र लोकेश कुँवरलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले सामान्य धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् ।

पक्राउ परेका दुई दिनमा नै तिवारीले उनीहरूलाई प्रतिव्यक्ति १० हजार धरौटीमा छाडेका हुन् । कुँवर शंकरदेव क्याम्पसका नेविसंघका नेता र कार्की सानोथिमी क्याम्पसको नेविसंघ इकाईमा आबद्ध छन् ।

उनीहरू विरुद्ध २१ जेठमा प्रहरी वृत्त कीर्तिपुरमा उजुरी परेको थियो । सर्वसाधारण पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाउँदा २४ दिनसम्म थुनामा राख्न अनुमति दिने प्रमुख जिल्ला अधिकारी तिवारीले सत्तासीन दलका कार्यकर्तालाई चाहिँ दुई दिनमा नै सामान्य धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् ।

शिक्षण संस्थामा तोडफोड गरेर ‘आपराधिक उपद्रव’ गर्नेहरूलाई तिवारीकै आदेशमा कमजोर मुद्दा चलाएर रिहा गरिएको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारी सम्पर्कमा आउन चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप