ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का महसुस
बिहीबार, ११ फागुन २०७९, ०९ : ४७

ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बिहीबार बिहान करिब ६ बजे (नेपाली समयानुसार) ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको जनाएको छ ।
अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारीमा यसको तीव्रता ६.८ रहेको बताइएको छ । भूकम्प चीनसम्म पनि महसुस गरिएकाे बताइएकाे छ ।
युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिममा रहेको थियो ।
समाचार एजेन्सी एफपीका अनुसार स्थानीय समय अनुसार बिहान ५ः३७ मा भूकम्प गएको थियो र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर तल थियो ।
मृतकको सङ्ख्याको बारेमा अहिलेसम्म कुनै समाचार आएको छैन ।
युएसजीएसले प्रारम्भिक जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु गोर्नो–बदख्सानको पहाड वरपर रहेको जहाँ जनसङ्ख्या निकै कम रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किर्ते कागजात बनाउने कारखानामा छापा मार्दा यस्तो भेटियो, तस्बिरहरू
-
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
-
लोकप्रियतावादबाट अगाडि बढ्न जरुरी छ : महत
-
संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयलाई ठेकेदारले हल्का रूपमा लिए : उपप्रधानमन्त्री सिंह
-
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने
-
लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने अराजक मान्यता विकसित भयो : एमाले सांसद रिजाल