ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का महसुस
बिहीबार, ११ फागुन २०७९, ०९ : ४७
ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बिहीबार बिहान करिब ६ बजे (नेपाली समयानुसार) ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको जनाएको छ ।
अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारीमा यसको तीव्रता ६.८ रहेको बताइएको छ । भूकम्प चीनसम्म पनि महसुस गरिएकाे बताइएकाे छ ।
युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिममा रहेको थियो ।
समाचार एजेन्सी एफपीका अनुसार स्थानीय समय अनुसार बिहान ५ः३७ मा भूकम्प गएको थियो र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर तल थियो ।
मृतकको सङ्ख्याको बारेमा अहिलेसम्म कुनै समाचार आएको छैन ।
युएसजीएसले प्रारम्भिक जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु गोर्नो–बदख्सानको पहाड वरपर रहेको जहाँ जनसङ्ख्या निकै कम रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण