केपी ओलीको कविता : खर्पन
म यही खर्पनमा हालेर हरदिन बेलुका
वितेको थोत्रो मैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हरदिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
हाम्रा धेरै पुस्ताहरू भएर यो खर्पन आएको छ, अथवा
यही र्खनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु
र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई ।
यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ ।
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुका पनि हो
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढौली पनि हो ।
मेरो जीवनको दियो जलाउने बाती हो खर्पन
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरूसँगको ‘जी’ ‘हजुर’ ‘तँ’ ‘तँ’ ‘म’ ‘म’ सबै सम्बन्धहरू हो खर्पन
मेरो घर, मेरो घाट, मेरो बजार, मेरो हाट जे भने पनि हुन्छ खर्पन ।
(आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको जन्म सन्दर्भमा प्रकाशित । ओलीद्वारा लिखित यो कविता डा. विजय सुब्बाको फेसबुक वालबाट लिइएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण