रुपन्देहीको सैनामैनामा कार र ट्रक ठोक्किँदा ४ जना घाइते
बिहीबार, ११ फागुन २०७९, १२ : ३४
बुटवल । रुपन्देहीको सैनामैनामा कार र ट्रक एकआपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन बीचको जंगलमा भएको दुर्घटनामा ४ जना घाइते भएका हुन् । दुर्घटनामा कारमा सवार बाँके राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया शुशीला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्चिम सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएका छन् ।
सो राजमार्गमा पूर्वतर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको लु २ ख ४३० नम्बरको कार ठोक्किएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण