जी २० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् ।
यही फागुन १२ र १३ गते भारतको बेङलुरमा आयोजना हुने जी २० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत गएका हुन् ।
सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा मन्त्री पौडेलसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत भारत गएका छन् ।
नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरू छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित युवक पक्राउ
-
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
-
ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
-
कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
-
नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
-
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा