बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ओट्सले छालाको रङ निखार्न मद्दत गर्छ, यसलाई कसरी प्रयोग गर्ने ?

बिहीबार, ११ फागुन २०७९, १६ : ०२
बिहीबार, ११ फागुन २०७९

ओट्सको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पाचनमा सहयोग गर्नेदेखि तौल घटाउनसम्म, ओट्स शरीरको लागि धेरै तरिकामा लाभदायक हुन्छ । तर के तपाईँलाई थाहा छ, ओट्सको प्रयोगले तपाईँको छाला सुन्दर र चम्किलो बनाउन सकिन्छ ? ओट्समा पाइने गुण छालाका लागि निकै फाइदाजनक हुन्छ । ओट्समा अमिनो एसिड, ओमेगा ३ फ्याटी एसिड र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्त्व पाइन्छन् । डन्डिफोर, दाग धब्बा, चाउरीपन र अनुहारको कालोपनको समस्याबाट छुटकारा पाउन ओट्स फाइदाजनक हुन्छ । ओट्सको प्रयोगले अनुहारको चमक बढाउँछ र छालाको रङ सुधार्छ । छालालाई निखार्न ओट्स कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे जानकारी लिऔँ ।

छालालाई चम्किलो बनाउन ओट्स कसरी प्रयोग गर्ने ?

ओट्स र मह

अनुहारको चमक बढाउन ओट्स र महको फेस प्याक लगाउन सक्नुहुन्छ । यसका लागि दुई चम्चा ओट्स लिनुहोस् । यसमा एक चम्चा मह र एक चम्चा दूध मिसाएर राम्ररी मिसाउनुहोस् । यस पेस्टलाई आफ्नो अनुहारमा लगाउनुहोस् र १५ मिनेटसम्म यत्तिकै छोड्नुहोस् । यसपछि सफा पानीले अनुहार धुनुहोस् । यसो गर्नाले तपाईँको छाला निकै नरम र चम्किलो देखिनेछ ।

ओट्स र गुलाबजल

ओट्समा गुलाबजल मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । गुलाब जलले अनुहारलाई गहिरो रूपमा सफा गर्छ । यसको प्रयोगले पिम्पल र दाग हटाउन पनि मद्दत गर्छ । ओट्स र गुलाबजलको संयोजनले तपाईंको छालाको रङ सफा हुनेछ । यसका लागि दुई चम्चा ओट्स पाउडर लिनुहोस् । यसमा एक चम्चा गुलाब जल मिसाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र हल्का हातले मसाज गर्नुहोस् । यसलाई १० मिनेटका लागि छोड्नुहोस् । त्यसपछि मनतातो पानीले अनुहार धुनुहोस् ।

ओट्स र एलोभेरा

ओट्स र एलोभेरा अनुहारको चमक बढाउन र छाला सम्बन्धी समस्याबाट छुटकारा पाउन प्रयोग गर्न सकिन्छ । यसका लागि दुई चम्चा ओट्स लिनुहोस् । यसमा दुई चम्चा एलोभेरा जेल हालेर मिलाउनुहोस्। अब यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् । १०–१५ मिनेटपछि पानीले अनुहार धुनुहोस् । यसको प्रयोगले तपाईँको छालालाई प्राकृतिक चमक दिन्छ । यसले तपाईँको छालालाई पनि हाइड्रेटेड राख्छ ।

तपाईँ आफ्नो छालामा निखार ल्याउन यी तरिकाहरूमा ओट्स प्रयोग गर्न सक्नुहुन्छ । तर, यदि तपाईँलाई छालाको समस्या छ वा कुनै ब्युटी ट्रिटमेन्ट लिनुभएको छ भने, पक्कै पनि सौन्दर्य विशेषज्ञको सल्लाह लिनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप