मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

बिहीबार, ११ फागुन २०७९, १७ : ४५
बिहीबार, ११ फागुन २०७९

विराटनगर । दक्षिण कोरियाको चाङगाव विश्वविद्यालयका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । 

चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्तर्फ बीएडमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकहरूको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो ।

टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीहरूसँग छलफल र अन्तरक्रिया समेत गरेको छ । छलफलको क्रममा विशेष आवश्यकता शिक्षाको आवश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए । कोरियाली प्राध्यापकहरूको टोलीले भने अध्ययन र सिकाई प्रक्रियाका विषयमा विद्यार्थीहरूसँग प्रश्न गरेका थिए । 

अपाङ्गता र विशेष क्षमता भएका मानिसहरूका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै कोरियाली प्राध्यापकहरूले कोरियामा यसको धेरै माग रहेको जानकारी गराए । कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको प्राध्यापकहरूको भनाइ छ । 

कला, शिक्षा तथा कानून शंकायका डिन प्रा. डा. अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा. कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौला लगायतको टोलीसँग कोरियाली प्राध्यापकहरूको टोलीले छलफल समेत गरेको छ । 

विशेष आवश्यकता शिक्षालाई प्रभावकारी बनाउने, शिक्षामा स्नातक तह उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा कोरियामा स्नातकोत्तर तहको अध्ययनको अवसर दिने, अनुभव र शिक्षा आदान प्रदानका लागि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूलाई चाङगाव विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने विषयमा छलफल भएको र यसमा कोरियाली प्राध्यापकहरूको टोली सकारात्मक रहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिए । 

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोक विराटनगरमा गत वर्षदेखि शिक्षा शंकायतर्फ स्नातक तहमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप