जनकपुरमा दलित सुकुमबासीद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
जनकपुरधाम । जनकपुरमा दलित सुकुमबासीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानले घोषणा गरेको आन्दोलन कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् ।
अभियानले विभिन्न माग सहित सोमबार आन्दोलन घोषणा गरेको थियो । भूमिहीनलाई जग्गा उपलब्ध गराऊ, दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे वन जंगल संरक्षण गर, चुरे अभियन्ताहरुमाथि लगाएको झुठा मुद्दा फिर्ता गर भन्ने माग राखेर दलित सुकुमबासीहरु र चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।
मधेस प्रदेशका सबै जिल्लाबाट जनकपुरमा जम्मा भएका दलित सुकुमबासीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।
पटक पटक आन्दोलन र आमरण अनशन बसेपछि प्रदेश सरकारले ७ बुँदे सम्झौता गरे पनि कार्यान्वयन नगरेपछि बाध्य भएर पुनः आन्दोलन गर्नुपरेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा सहभागीहरु आजदेखि अनिश्चितकालीन धर्नामा बस्नेछन् । माग पूरा नभएसम्म धर्ना जारी रहने उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण