बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जनकपुरमा दलित सुकुमबासीद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

बिहीबार, ११ फागुन २०७९, १८ : २९
बिहीबार, ११ फागुन २०७९

जनकपुरधाम । जनकपुरमा दलित सुकुमबासीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानले घोषणा गरेको आन्दोलन कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् ।

अभियानले विभिन्न माग सहित सोमबार आन्दोलन घोषणा गरेको थियो । भूमिहीनलाई जग्गा उपलब्ध गराऊ, दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर,  चुरे वन जंगल संरक्षण गर, चुरे अभियन्ताहरुमाथि लगाएको झुठा मुद्दा फिर्ता गर भन्ने माग राखेर दलित सुकुमबासीहरु र चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।

मधेस प्रदेशका सबै जिल्लाबाट जनकपुरमा जम्मा भएका दलित सुकुमबासीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

पटक पटक आन्दोलन र आमरण अनशन बसेपछि प्रदेश सरकारले ७ बुँदे सम्झौता गरे पनि कार्यान्वयन नगरेपछि बाध्य भएर पुनः आन्दोलन गर्नुपरेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा सहभागीहरु आजदेखि अनिश्चितकालीन धर्नामा बस्नेछन् । माग पूरा नभएसम्म धर्ना जारी रहने उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप