सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन, भोलि उम्मेदवारी दर्ता

शुक्रबार, १२ फागुन २०७९, ०६ : ४३
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । 

आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  

अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू भने सहमति जुटाउने अन्तिम कसरतमा जुटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप