मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राति रड बोकेर हिँड्ने पक्राउ

शुक्रबार, १२ फागुन २०७९, १० : १०
शुक्रबार, १२ फागुन २०७९

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा राति शंकास्पदरुपमा रड बोकेर हिँड्ने एक जना युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार गत फागुन ९ गते राति साढे ११ बजे सडक पेटीमा शङ्कास्पद रूपमा चोरीमा प्रयोग हुने फलामको रड लिई बसिरहेको अवस्थामा ती युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नमोबुद्ध न.पा. वडा नं. ६ का २५ वर्षीय ईन्द्रलाल तामाङ रहेका छन् । तामाङलाई पक्राउ गरी फागुन १० गते जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप