काठमाडौँ महानगरको मेलमिलाप केन्द्रमा घर बहाल समस्या समाधानका उजुरी धेरै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा वडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ ।
महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्ने लगायत समस्या बढी आएको हो । वडासदस्य रेणु श्रेष्ठको संयोजकत्वमा गठन भएको केन्द्रमा आएका सयौँ उजुरीमध्ये घर भाडासम्बन्धी विषय धेरै रहेको छ । कोरोना महामारीका बेला डेरा छोडेर हिँड्ने अझै नफर्किएकाले कोठा खाली गर्ने निवेदन पनि उत्तिकैै रहेको संयोजक श्रेष्ठले जानकारी दिइन् ।
यस वडाका धेरै घरबेटीको आयआर्जनको स्रोत नै डेरा भाडा भएकाले पनि यस्तो निवेदन धेरै आएको उनले जानकारी दिइन् । वडामा चार महिनाअघि केन्द्र गठन गरेर सामान्य समस्यालाई वडामै समाधान गर्न थालिएको हो । वडामा मिलाउन नसकिएका समस्या मात्र महानगरपालिकाको न्यायिक समितिमा पठाउने गरेको वडाध्यक्ष कुश ढकाल बताउछन्।
सामान्य समस्या वडामै समाधान हुन थालेपछि स्थानीयवासी पनि खुसी छन् । महानगरपालिकामा जान दूरी धेरै नभए पनि न्यायिक समितिमा धेरै उजुरी पर्ने गरेकाले धेरै समय लाग्ने गरेका कारण सामान्य समस्या वडामै समाधान हुँदा खुसी लागेको स्थानी य रमिला मिजारले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण