‘कबड्डी ५’ निर्माण हुने
काठमाडौँ । हिट फिल्म ‘कबड्डी’ को पाँचाैँ श्रृखला ‘कबड्डी ५’ निर्माण हुने भएको छ । फिल्मका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेका छन् । हालै एक कार्यक्रममा लेखक सुब्बाले फिल्मको स्क्रिप्ट लेखन तयारी भइरहेको बताए ।
चार सिक्वेल निर्माण भएको ‘कबड्डी’ को पछिल्लो सिक्वेल ‘कबड्डी ः द फाइनल म्याच’ अर्थात ‘कबड्डी ४’ केही पहिले रिलिज भएको थियो । फिल्म रिलिजको समय अर्को सिक्वेल नबन्ने प्रचार गरिएको थियो । तर अहिले भने निर्माण हुने भनिएको छ ।
रामबाबु गुरुङको निर्देशन रहेको ‘कबड्डी’का सबै सिक्वेलमा मुख्य पात्रको रुपमा दयाहाङ राई रहँदै आएका छन् । ‘कबड्डी ५’ पनि दयाहाङ मुख्य पात्रमा रहनेछन् । कवि समेत रहेका सुब्बाले फिल्ममा भने अब आफूले अभिनय नगर्ने बताएका छन् । फिल्ममा झाक्रिको भूमिका निर्वाह गर्दै आएका सुब्बाले ‘कबड्डी’ को दोस्रो श्रृंखलादेखि निर्देशक गुरुङलाई स्क्रिप्ट लेखनमा समेत सघाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण