सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कबड्डी ५’ निर्माण हुने

शुक्रबार, १२ फागुन २०७९, १३ : ०१
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । हिट फिल्म ‘कबड्डी’ को पाँचाैँ श्रृखला ‘कबड्डी ५’ निर्माण हुने भएको छ । फिल्मका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेका छन् । हालै एक कार्यक्रममा लेखक सुब्बाले फिल्मको स्क्रिप्ट लेखन तयारी भइरहेको बताए ।

चार सिक्वेल निर्माण भएको ‘कबड्डी’ को पछिल्लो सिक्वेल ‘कबड्डी ः द फाइनल म्याच’ अर्थात ‘कबड्डी ४’ केही पहिले रिलिज भएको थियो । फिल्म रिलिजको समय अर्को सिक्वेल नबन्ने प्रचार गरिएको थियो । तर अहिले भने निर्माण हुने भनिएको छ ।

रामबाबु गुरुङको निर्देशन रहेको ‘कबड्डी’का सबै सिक्वेलमा मुख्य पात्रको रुपमा दयाहाङ राई रहँदै आएका छन् । ‘कबड्डी ५’ पनि दयाहाङ मुख्य पात्रमा रहनेछन् । कवि समेत रहेका सुब्बाले फिल्ममा भने अब आफूले अभिनय नगर्ने बताएका छन् । फिल्ममा झाक्रिको भूमिका निर्वाह गर्दै आएका सुब्बाले ‘कबड्डी’ को दोस्रो श्रृंखलादेखि निर्देशक गुरुङलाई स्क्रिप्ट लेखनमा समेत सघाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप