कामपा कार्यपालिकाद्वारा ३ वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत

काठमाडौँ । काठमाडौं महानगरपालिका (कामपा) को कार्यपालिकाले ३ वटा कार्यविधि र एउटा निर्देशन स्वीकृत गरेको छ । फागुन ११ गते महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाहको अध्यक्षमा बसेको १३ औँ कार्यपालिका बैठकले ‘मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि २०७९’, ‘हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि २०७९’ र ‘सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको हो ।
यस्तै सोही कार्यपालिका बैठकले ‘वाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ समेत स्वीकृत गरेको छ । बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले मस्यौंदामा भएको व्यवस्था जानकारी गराउँदै स्वीकृत गर्न पेस गरेका थिए । बैठकले पशुपंक्षी सेवा विधेयक, व्यवसाय दर्ता, नवीकरण तथा नियमन सम्बन्धी कार्यविधि, जनस्वास्थ्य ऐन, राजस्व संकलन तथा परिचालन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ ।
फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने हेल्दी सिटीज समिट इन लण्डन कार्यक्रममा प्रमुख शाहको नेतृत्वमा भाग लिन जाने बैठकले निर्णय गरेको छ । बैठकले वडा कार्यालयको सुरक्षाका लागि नेपाल प्रहरीसँगको सहकार्यमा चौकीदार करारमा लिने, संस्कृति विश्वविद्यालय र हाँडीगाउँमा रहेको जग्गा लिजमा लिएर उपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य