शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिलीप महतोको हत्यामा तीन जना दोषी ठहर

शुक्रबार, १२ फागुन २०७९, १९ : ३२
शुक्रबार, १२ फागुन २०७९

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका दिलीप महतोको हत्या प्रकरणमा अदालतले तीन जनालाई दोषी ठहर गरेको छ । महतो हत्या प्रकरणमा तीन वर्ष लामो सुनुवाइ प्रक्रियापछि जिल्ला अदालत धनुषाले फैसला सुनाएको हो ।

न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले दुई जनालाई २५/२५ वर्ष कैद र जनही ५ लाख जरिवाना तथा एक जनालाई साढे १२ वर्ष कैद र साढे दुई लाख जरिवाना तोकेको छ ।

हत्यामा संलग्न रहेको ठहर गर्दै न्यायाधीश गुरुङले विपिन कुमार महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैदको फैसला सुनाएका हुन् भने पीडित परिवारलाई पीडकबाट ५/५ लाख क्षतिपूर्ति दिन आदेश दिएका छन् ।

यस्तै, जितेन्द्र कुमार महतोलाई मतियारको भूमिका खेलेको ठहर गर्दै साढे १२ वर्ष कैद र साढे दुई लाख क्षतिपूर्ति तिर्न अदालतले आदेश दिएको हो ।

घर अगाडिकै औरही खोलाबाट अवैध उत्खनन भइरहेकोमा विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोको क्रसर सञ्चालकहरुले २०७६ पुस २५ मा हत्या गरेका थिए । हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले भने यसअघि नै सफाइ पाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप