शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाले भन्यो– राष्ट्रपतिमा हाम्रो दाबी रहेन

शुक्रबार, १२ फागुन २०७९, २१ : ४३
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राष्ट्रपतिमा आफ्नो दावी नरहेको बताएको छ । लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले आफूहरूले राष्ट्रपतिको दावी छाडेको बताए । उनले भने, ‘आज बालुवाटारमा बसेको आठ दलीय बैठकमा हामीले राष्ट्रिय सहमतिका लागि आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेका थियौं तर प्रधानमन्त्री प्रचण्डले परिस्थितिको विश्लेषण गर्दै ठूलो दलको हैसियतमा कांग्रेसलाई दिने प्रस्ताव गर्नुभयो त्यसमा हामी सबै सहमत भयौं ।’ 

लोसपाले राष्ट्रिय सहमति भएमात्र राष्ट्रपतिमा उम्मेदवारी दिने कुरा गरेको बताउँदै उनले राष्ट्रिय सहमति नभएपछि  पछाडि हटेको बताए । अब लोसपा आठ दलीय गठबन्धनको साथमा अघि बढ्ने बताउँदै उनले आजको बैठकमा राष्ट्रपतिबाहेक अरु कुनै विषयमा छलफल नभएको बताए । उनले भने, ‘आजको बैठकमा राष्ट्रपतिबाहेक केही छलफल भएन भोलि उम्मेदवारी दिइसकेपछि अन्य विषयमा छलफल हुन्छ । उपराष्ट्रपति, सरकार निर्माण लगायतका विषयमा छलफल पछि गर्ने सहमति भएको छ ।’

जनमत पार्टीका उपाध्यक्ष एवं खानेपानी मन्त्री अब्दुल खानले पनि राष्ट्रपतिबाहेक अरु कुनै विषयमा छलफल नभएको जानकारी दिए । भोलि १ बजे बस्ने आठ दलीय गठबन्धन बैठकले थप निर्णय गर्ने उनले बताए । ‘गठबन्धन बनाउने कि नबनाउने विषयमा पनि कुनै छलफल भएन’ उनले भने, ‘बैठकमा सबै दलले आआफ्नो धारणा राखे, सबैको सहमतिमा राष्ट्रपति काँग्रेसलाई दिने सहमति भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप