बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

शनिबार, १३ फागुन २०७९, ०६ : ०१
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशको  केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप