कोटिहोम महायज्ञको सवा करोड दीप प्रज्वलनमा हजारौँ भक्तजन सहभागी
चितवन । नारायणी नदी किनारमा माघ १२ गतेदेखि जारी साङ्ग–विराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा शुक्रबार सवा करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको दीप प्रज्वलन कार्यक्रममा हजारौँ भक्तजन सहभागी भएका छन् । विभिन्न भक्तजन, आमा समूह, मन्दिर र सत्सङ्ग समूहले बत्तीको व्यवस्था गरेका थिए ।
दीप प्रज्वलन विश्व शान्ति र राष्ट्र कल्याणको लागि महत्त्वपूर्ण भएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले बताए । बत्ती प्रज्वलन गर्नुअघि सवा करोड पटक हवन गरिएको उनले बताए ।
महायज्ञमा तर्पण र मार्जनको काम भने बाँकी छ । महायज्ञ फागुन १५ गते सकिँदै छ । बाँकी तीन दिनमा तर्पण र मार्जनको काम हुने उनले बताए । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञका अध्येता एवम् राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै नदी किनारमा कोटिहोम महायज्ञको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण