महिला टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने
काठमाडौँ । महिला टी–२० विश्वकपको फाइनलमा साबिक विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने भएका छन् । फाइनल खेल आइतबार न्युल्याण्ड्समा आयोजना हुनेछ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई रोमाञ्चक खेलमा ६ रनले हराउँदै फाइनलमा स्थान बनायो । बिहीबार अस्ट्रेलियाले भारतलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १५८ रनमात्र बनाउन सक्यो । कुनै समय ३ विकेटको क्षतिमा १३२ रनको बलियो स्थितिमा रहेको इंग्ल्याण्डको पारी नाट स्किभर–ब्रन्ट ४० रनमा आउट भएपछि नाटकीयरुपमा पतन भयो ।
त्यसपछि टोलीले २२ बलमा २६ रन बनाउँदै पाँच विकेट गुमाउन पुग्यो । अन्तिम ओभरमा इंग्ल्याण्डलाई जीतका लागि १३ रन चाहिएको थियो । तर, सबनिम इमाइलले इंग्ल्याण्डलाई कप्तान हेदर नाइटलाई ३१ रनमा आउट गर्दै इंग्ल्याण्डलाई रोक्न सफल भएकी थिइन् । दक्षिण अफ्रिका पहिलोपटक कुनै पनि फर्म्याटको विश्वकप फाइनलमा पुगेको पहिलो अवसर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण