कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्यमा सुधार
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा.भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।
भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा.भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए । डा भण्डारीको आज ड्रेसिङ गरिने भएको छ । शुक्रबारबाट ठोस खाना खान सुरु गरेका डा.भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको मीनप्रसादले बताए । उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण