नेपाल समाजवादी पार्टीले कांग्रेस उम्मेदवारलाई मत दिने
शनिबार, १३ फागुन २०७९, ११ : ३३
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ ।
नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने औपचारिक निर्णय गरेको हो ।
यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।
नेसपासँग २५४ मतभार छ । नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण