शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई मतदान गर्ने नेसपाको निर्णय

शनिबार, १३ फागुन २०७९, १३ : ००
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

नेसपाको आज बसेको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताए ।

यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

नेसपासँग २५४ मतभार छ । नेसपाका सङ्घीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप