हेटौँडा उपमहानगरपालिकाद्वारा ४८ योजना सम्पन्न
हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/९० को हालसम्ममा नयाँ ४८ योजना सम्पन्न गरेको छ । उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो । बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आवको प्रथम चौमासिकको हालसम्ममा तीन किलोमिटर कङ्क्रिट सडक, चार कल्भर्ट, एउटा शैक्षिक पूर्वाधार, तीन गुम्बा, १० मन्दिर, एउटा तटबन्ध, १२ सामुदायिक भवन, एउटा मदरसा, चार उद्यानलगायत निर्माण भएका छन् । महानगरले आव २०७८/७९ मा जिम्मेवारी सरेर आएकामध्ये ८४ योजना सम्पन्न गरेको जनाएको छ । उपमहानगरले थप दुई स्थानको सडकमा आजदेखि स्ल्याब ढलान थालेको छ ।
आव २०७९/८० मा बजेट पुस्तिकामा समेटिएका योजनाअनुसार हेटौँडा–१ लालझाडीको वाराही धाप र भटेटोल जाने तथा हेटौँडा–१२ को केनाम टोल जाने सडक निर्माण सुरु गरेको छ । उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखाको पूर्वाधार विकास कार्यक्रमतर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरकफरक सिफारिश समितिले एक सय ३२ योजनाको अनुगमन तथा मूल्याङ्कन फरफारका लागि सिफारिश गरेको छ । अन्य महाशाखाले गरेको नौ योजना अनुगमन गरी भुक्तानीका लागि सिफारिश गरेको सो महाशाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
महशाखाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपमहानगरले हेटौँडाको चौकी टोलमा नयाँ तरकारी बजार निर्माणका लागि रु ३३ लाख ६६ हजार र अन्य जिन्सी समान उपलब्ध गराएर हेटौंडा–१० टिसिएनमा रहेको तरकारी बजार चार महिना अगाडि स्थानान्तरणसमेत गराएको महाशाखा प्रमुख साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण