राष्ट्रपतिमा सहयोग गर्न ओलीले गरेको प्रस्ताव एकीकृत समाजवादीद्वारा अस्वीकार
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई गरेको प्रस्ताव सो पार्टीले अस्वीकार गरेको छ । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर आज पत्राचार गरेका थिए । तर सा पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीको प्रस्तावलाई स्वीकार गर्ने स्थिति नरहेको बताएका हुन् ।
यद्यपि ओलीको प्रस्तावले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको उनको भनाइ छ । ‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्षलाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नुभएको छ। यसको लागि धन्यवाद’, उनले भनेका छन्, ‘ राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’
ओलीले नेम्वाङको पक्षमा मत माग्दै कांग्रेसबाहेक सबै पार्टीलाई पत्राचार गरेका थिए । यद्यपि कुनै दलले पनि हालसम्म सकारात्मक जवाफ फर्काएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण