नाइजेरियाको सबैभन्दा कठिन राष्ट्रपतीय चुनावको मतगणना सुरु, नतिजा आउन केही दिन लाग्ने
नाइजेरियामा सन् १९९९ मा सैन्य शासनको अन्त्यपछिको सबैभन्दा कठिन राष्ट्रपतीय निर्वाचनमा मतगणना भइरहेको छ ।
यो निर्वाचनमा मतदानको प्रतिशत निकै राम्रो छ । शनिबार पनि मतपेटिका लुट्ने र मतदान केन्द्रमा हतियारधारीले आक्रमण गरेको छिटपुट खबर आएको छ ।
केही दलले अनियमितता भएको आरोपमा चिन्ता व्यक्त गरेका छन् ।
अफ्रिकामा ८ करोड ७० मतदाता छन् । २४ वर्षअघि प्रजातन्त्रको पुनर्स्थापना भएदेखि अहिलेसम्म नाइजेरियाको राजनीतिमा दुईवटा पार्टीको वर्चस्व रहेको छ। यसमा सत्तारुढ अखिल प्रगतिशील कांग्रेस (एपीसी) र पीडीपी सामेल छन् ।
तर यस पटक राष्ट्रपति मुहम्मदु बुहारीको उत्तराधिकारीको दौडमा लेबर पार्टीका पिटर ओबीको कडा चुनौती छ। उनलाई मन पराउने युवाहरुको संख्या उल्लेख्य छ ।
हजारौं मतदान केन्द्रहरूमा मतगणना भइरहेको छ जुन अन्ततः राजधानी अबुजाको चुनाव मुख्यालयमा पठाइनेछ।
सन् १९६० मा बेलायतबाट स्वतन्त्र भएदेखि नै नाइजेरियाले धेरै विद्रोह र धाँधली भएको चुनाव देखेको छ। यी चुनावमा खतरनाक क्षेत्रीय र राजनीतिक मतभेद सतहमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण