मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘ज्याकी : आई एम ट्वान्टी वान’ को फस्टलुकमा धीरजको दोहोरो चरित्र

आइतबार, १४ फागुन २०७९, १० : ५०
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । 

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता धीरज मगर देखिएका छन् । पोस्टरमा धीरज मगरको दोहोरो अवतार देख्न सकिन्छ । एकातिर, उनी लाहुरेको पोसाकमा देखिएका छन्, भने अर्कोतिर उनी डान्सरको अवतारमा देखिएका छन् । पोस्टरले फिल्ममा धीरजको दोहोरो भूमिका रहेको अनुमान गर्न सकिन्छ ।

पोस्टरमा फिल्मकी मुख्य नायिका जसिता गुरुङलाई स्थान दिइएको छैन । केही दिन अगाडि सार्वजनिक फिल्मको फस्टलुक भिडियोमा पनि जसितालाई स्थान दिइएको थिएन ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज हुँदैछ । प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबरा यो फिल्मको निर्माता हुन् । यो फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको सङ्गीत, सुशन प्रजापतिको छायाङ्कन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

फिल्मको फस्टलुक पोस्टरपछि दर्शकप्रति फिल्मलाई लिएर आकर्षण बढ्ने निश्चित छ । किनकि, धिरज मगरको दोहोरो अवतारले दर्शकलाई अझै उत्सुक बनाउनेछ । निर्माणपक्षले फागुनको १९ गते टिजर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।  

jackky 3 poster

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप