रियल बराबरीमा रोकिँदा बार्सिलोनालाई सहज
काठमाडौँ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिडसँग खेलमा बराबरीमा रोकिँदा बार्सिलोनालाई फाइदा भएको छ । शनिवार राति भएको खेलमा रियलले एट्लेटिकोसँग १–१ गोलको बराबरी खेल्दा बार्सिलोनालाई फाइदा भएको हो ।
घरेलु मैदानमा रियल १–० गोलले पछि भएको अवस्थामा १० खेलाडीमा समेटिएको एट्लेटिकोविरुद्ध एक गोल फर्काउँदै हारबाट जोगियो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुई टोलीहरूले दोस्रो हाफमा गोल गरेका हुन् । खेलको ६४ औँ मिनेटमा एन्जल कोरेयराले रातो कार्ड खाँदै मैदान बाहिरिँदा एट्लेटिकोका १० खेलाडीमा समेटिएको थियो ।
खेलको ७८ औँ मिनेटमा जोसे मारिया गिमेन्जले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ८५ औँ मिनेटमा आल्भारोले गोल गर्दै टिमलाई हारबाट जोगाएका हुन् । बराबरीसँगै रियलले २३ खेलबाट ५२ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेलेर ५९ अङ्क जोडेको छ ।
पराजित एट्लेटिको ४२ अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण