धनुषाको राजदेवी मन्दिरबाट मूर्ति चोरी
आइतबार, १४ फागुन २०७९, ११ : ४५
जनकपुरधाम । धनुषाको एक मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट शनिवार भगवानको मूर्ति, सुनको मुकुट र गरगहना चोरी भएको हो ।
शनिवार राति करिब १२ बजेको समयमा करिब छ लाख रुपैयाँ बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धिरज यादवले जानकारी दिए ।
जनकपुर–ढल्केवर सडक खण्डमा पर्ने यस मन्दिरमा पटक पटक चोरी हुँदै आए पनि प्रहरी प्रशासनले गम्भीर नबनेको आरोप लागेको छ ।
यता धनुषाका डिएसपी वेद प्रसाद गौतमले भने चोरीमा संलग्नको खोजतलास गर्न प्रहरी परिचालन नभइसकेको बताए । उनले अभियुक्त छिट्टै पक्राउ पर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण