धनुषाको राजदेवी मन्दिरबाट मूर्ति चोरी
आइतबार, १४ फागुन २०७९, ११ : ४५

जनकपुरधाम । धनुषाको एक मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट शनिवार भगवानको मूर्ति, सुनको मुकुट र गरगहना चोरी भएको हो ।
शनिवार राति करिब १२ बजेको समयमा करिब छ लाख रुपैयाँ बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धिरज यादवले जानकारी दिए ।
जनकपुर–ढल्केवर सडक खण्डमा पर्ने यस मन्दिरमा पटक पटक चोरी हुँदै आए पनि प्रहरी प्रशासनले गम्भीर नबनेको आरोप लागेको छ ।
यता धनुषाका डिएसपी वेद प्रसाद गौतमले भने चोरीमा संलग्नको खोजतलास गर्न प्रहरी परिचालन नभइसकेको बताए । उनले अभियुक्त छिट्टै पक्राउ पर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ