विभिन्न जिल्लामा ४ जना मृत फेला
काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मानिस मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार शनिबार र आइतबार काठमाडौं, धनकुटा र कैलालीमा ४ जना मृत फेला परेका हुन् । शनिबार काठमाडौँ महानगरपालिका–३१ बानेश्वर क्याम्पस अगाडि सडकमा एक वृद्ध मृतअवस्थामा फेला परेका छन् । मृत फेला परेका वृद्ध रामेछाप
दोरम्बा गाउँपालिका–९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धनबहादुर रहेको प्रहरीले जनाएको छ । त्यस्तै धनकुटामा पनि एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको छ थर जोरपाटी गाउँपालिका–५ माथिल्लो खोप्ताक बस्ने २७ वर्षीय रामबहादुर लिम्बु रहेका छन् । लिम्बु साँगुरीगढी गाउँपालिका–१ स्थित घुमाउने भिरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । गत बिहीबारदेखि हराएका उनको शव प्रहरीले भीरमा फेला पारेको हो ।
उता, कैलालीमा पनि एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–७ सडकपुर बसन्ता बस्ने ७५ वर्षीय लाहनु चौधरी घर नजिक सडक छेउको नालीमा आइतबार मृत फेला परेका हुन् । त्यस्तै कैलारी गाउँपालिका–४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक पनि शनिबार मृत फेला परेकी छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत फेला परेका सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैहरकोे जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण