मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र राष्ट्रपतिको उम्मेदवार बन्दा गोविन्दलाई बधाई !

आइतबार, १४ फागुन २०७९, १७ : २२
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि तनहुँ – १ मा उपनिर्वाचन हुने भएको छ । शनिबार ८ दलको समर्थनमा उम्मेदवार बनेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन पौडेल राष्ट्रपति बने त्यहाँ उपनिर्वाचन हुने छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले सांसद पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।

कांग्रेसले उपनिर्वाचनमा तनहुँ १ मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने सम्भवना छ । गत निर्वाचनमा तनहुँ १ बाट पौडेल र २ बाट शंखर भण्डारी उम्मेदवार बनेपछि भट्टराई रोकिएका थिए । कांग्रेसले खसआर्यतर्फ समानुपातिक उम्मेदवारको तेस्रो नम्बरमा राखे पनि भट्टराईले नाम फिर्ता लिएका थिए । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल राष्ट्रपतिको उम्मेदवार बन्दा भट्टराईले पनि बधाई पाइरहेका थिए । पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि भट्टराईले पनि आफ्ना लागि सांसद बन्ने ढोका खुला भएको बताए ।

उनले भने, ‘रामचन्द्र दाइ राष्ट्रपतिमा निर्वाचत हुने निश्चित छ । अब मेरा लागि पनि सांसदको ढोका खुल्छ कि जस्तो छ ।’ ०७४ मा तनहुँ १ प्रदेशसभा (क)मा उम्मेदवार बनेका थिए । तर उनी त्यतिबेला पराजित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप