बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मगर दिवसमा तिलोत्तमा नगरपालिकामा बिदा

आइतबार, १४ फागुन २०७९, १८ : ५५
आइतबार, १४ फागुन २०७९

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ। फाल्गुन १५ गते सोमबारका दिन ४१ औँ राष्ट्रिय मगर एकता दिवस” परेकोले नगर प्रमुख स्तरीय निर्णयअनुसार स्थानीय बिदा दिएको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिए।

नगरप्रमुख खाँणले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा दिइएको जानकारी गराएका छन्। नगरभित्र मगर समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति भएकोले बिदा दिइएको नगर प्रमुख सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप