समीकरण परिवर्तनको साइड इफेक्ट : परराष्ट्र मन्त्री पौडेलको जेनेभा भ्रमण रद्द
काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकिएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन आइतबार (आज) परराष्ट्रमन्त्री पौडेलको नेतृत्वमा ५ सदस्यीय टोली जेनेभा जाने गत साताको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
त्यसका लागि मन्त्री पौडेल दिउँसो ३ बजेपछि त्रिभुवन विमानस्थलमा जान लाग्दा प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले फोन गरेर नजान भनेपछि उनी रोकिएकी थिइन् । ‘जान तयारी गरेकी थिएँ, मुख्यसचिवले प्रधानमन्त्रीको खबर भन्दै नजान भनेपछि गइनँ’,पौडेलले रातोपाटीसँग भनिन्, ‘प्रधानमन्त्रीज्यूले अहिलेलाई मन्त्री नजानु अरुमात्र जानु भन्ने खबर आएछ ।’
आफ्नो भ्रमण रोकिएको बारे प्रधानमन्त्रीसँग कुरा गर्न खोजे पनि गोरखामा भएकाले सम्भव नभएको उनले बताइन् । ‘मैले प्रधानमन्त्रीसँग कुरा गर्न खोजेकी पनि थिएँ, तर गोरखामा व्यस्त भएकाले कुरा गर्न सम्भव पनि भएन’, मन्त्री पौडेलले रातोपाटीसँग भनिन् ।
मन्त्री पौडेलले आजै बिहान प्रधानमन्त्रीले फोन गरेर कति बेला जाने ? भनेर सोधेको र आफूले बेलुका ६ बजेको उडान रहेको जानकारी दिएको पनि बताइन् ।
राष्ट्रपति निर्वाचनको सन्दर्भलाई लिएर सत्ता समीकरण परिवर्तन भएको थियो । फागुन १२ गते एमालेबाहेक आठ दलको समीकरण बने पनि एमालेले सरकार छाडेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण