बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

दुई महिनादेखि थुनेर राखिएका शाहीविरुद्ध मुद्दा

सोमबार, १५ फागुन २०७९, ०५ : ४०
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । नेपाली सेनाले भन्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको छ । 'कोर्ट अफ इन्क्वायरी' बाट आवश्यक छानबिन सकिएपछि शाहीविरुद्ध आइतबार सैनिक अदालतमा मुद्दा चलाइएको हो । शाहीसँगै थप दुईजनाविरुद्ध पनि मुद्दा हालिएको छ । जसमा प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप
तिमिल्सेना छन् ।

सुरूमा शाहीविरुद्ध आर्थिक अनुशासनमा नबसेको उजुरी परेको भन्दै उपरथी बाबुराम श्रेष्ठ नेतृत्वको कोर्ट अफ इन्क्वायरी गठन गरेर छानबिन थालेको सैनिक मुख्यालयले सोही छानबिन प्रतिवेदनका आधारमा तीन जनाविरुद्ध मुद्दा चलाएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले कोर्ट अफ इन्क्वायरीको छानबिन सकिएपछि अदालती प्रक्रिया सुरू भएको बताए । उनले भने, 'आज (आइतबार) बाट मुद्दा अदालती प्रक्रियामा गएको छ । बाँकी काम अदालतले गर्छ ।' आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप