परराष्ट्रमन्त्री पौडेलको भ्रमण रोकिएपछि एमाले आक्रोशित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि सत्तारुढ दल नेकपा एमाले आक्रोशित बनेको छ ।
मन्त्री पौडेलको आइतबारबाट तय भएको जेनेभा भ्रमण आइतबारै अन्तिम समयमा प्रधानमन्त्री ‘प्रचण्ड’ले रोकेका थिए । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिहरूको नेतृत्व गर्दै आइतबार साँझ मन्त्री पौड्याललाई प्रधानमन्त्री प्रचण्डले रोकेका थिए ।
प्रधानमन्त्रीको निर्देशनमा मन्त्री पौडेलको भ्रमण अचानक रोकिएपछि एमालेले सरकारलाई हेर्ने दृष्टिकोणबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले सोमबार आकस्मिक केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् । बैठकका एजेन्डाबारे सदस्यहरूलाई केही जानकारी गराइएको छैन । ‘मन्त्री परिषदबाट स्वीकृत परराष्ट्र मन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्दैछ,’ एमाले महासचिव शंकर पोखरेलले पोखरेलले ट्वीटरमा भनेका छन् । यसैबीच एक पदाधिकारीले आफ्नो पार्टीका मन्त्रीहरूलाई प्रधानमन्त्रीले अपमानजनक व्यवहार गरेकाले सरकारबारे धारणा बनाउन लागिएको बताए ।
‘मन्त्रीहरूमाथि अपमानजनक व्यवहार भयो, प्रधानमन्त्रीलाई एमाले सरकारबाट हटिदिए हुन्थ्यो भन्ने लागेको र सोही अनुसार व्यवहार गरेको देखियो’, ती पदाधिकारीले भने, ‘यस्तो अपमानपूर्ण व्यवहार सहने कि के गर्ने ? हामी विश्लेषण गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण