प्रदेश सरकारका विषयमा कुनै निर्णय भएको छैन : विष्णु पौडेल
सोमबार, १५ फागुन २०७९, १२ : ५७
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताएका छन् । संघीय सरकारबाट बाहिरिने र समर्थन फिर्ता हुने निर्णय मात्र भएको पौडेलले बताए ।
‘हामीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेका छौं । सरकारलाई दिएको समर्थन फिर्ता समेत लिएका छौं’ रातोपाटीसँग कुरा गर्दै पौडेलले भने, ‘प्रदेश सरकारका विषयमा कुनै छलफल वा निर्णय भएको छैन । प्रदेश सरकार तत्काल यथावत रहन्छन् ।’
प्रदेश सरकारका विषयमा भने एमालेले परिस्थिति हेरेर निर्णय गर्ने तयारी गरेको छ । एमालेबाट प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा हिक्मत कार्की र गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री छन् । अरु प्रदेशमा तत्कालीन सात दलीय गठबन्धनबाट सरकारमा सहभागी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण