कोरियामा मौसमी कामदार पठाउने भन्दै पैसा असुल्ने गिरोह सक्रिय
काठमाडौं । दक्षिण कोरियामा मौसमी कामदार (सिजनल वर्कर) रूपमा पठाउने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको छ । वैदेशिक रोजगार विभागमा आफ्नो चिनेको मान्छे रहेको र कोरिया पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको हो ।
त्यस्तो गिरोहले प्रतिव्यक्ति १ लाख रुपैयाँदेखि अढाई लाख रुपैयाँसम्म लिने गरेको पत्ता लागेको हो । रातोपाटीको समर्पकमा आएका व्यक्तिहरूले आफूलाई मौसमी कामदारको रूपमा कोरिया पठाउने भन्दै एक लाख रुपैयाँ असुलेको बताएका छन् ।
एजेण्टहरूले प्रति व्यक्ति १ लाखका दरले पैसा लिने गरेको पाइएको हो । कोरिया पठाएपछि थप पैसा तिर्नुपर्ने र अग्रिम रूपमा १ लाख रुपैयाँ मागेको पीडितहरूको भनाई छ । बारा, पर्सा लगायतका जिल्लाबाट ११ जनाले आफूहरूलाई कोरिया पठाउने भन्दै पैसा लिएको पाइएको हो ।
जबकि कोरियाले नेपालबाट मौसमी कामदार नल्याउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा दलालहरूले विभिन्न प्रलोभन तथा झुटा कुरा गरेर उनीहरूबाट पैसा असुल्दै आएका हुन् ।
कोरिया पठाइदिने भन्दै पैसा असुल गरेको गुनासो वैदेशिक रोजगार विभागमा समेत पुगेको छ । उक्त उजुरहरूमाथि विभागले छानबिन समेत थालेको छ । त्यस्तो कसैको पनि प्रलोभनमा नपर्न विभागले समेत सबैमा अनुरोध गरेको छ ।
विभागले एक सूचना निकालेर मौसमी कामदारको रूपमा जाँदा एक पैसा पनि तिर्नुपर्ने प्रष्ट पारेको छ । विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रूपमा जाने कामदारले कुनै पनि शुल्क तिर्नु बुझाउनु नपर्ने व्यवस्था रहेको बताए ।
उक्त निर्देशिका बमोजिम मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाको लागि सम्बन्धित नियोग र विभागमा हालसम्म कुनै पनि कागजात पेस नभएको विभागले प्रष्ट पारेको छ ।
दक्षिण कोरिया लगायत कुनैपनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/संस्थाको भ्रममा नपर्न विभागले सबैमा अनुरोध गरेको हो । त्यसका लागि कसैलाई पनि रकम नबुझाउन, कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी वा विभागमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण