देशभरका ६५५ एम्बुलेन्समा जिपिएस जडान
सोमबार, १५ फागुन २०७९, १५ : १४
काठमाडौँ । सरकारले देशभरिका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता कार्यलाई तीव्रता दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एउटै ट्रयाक अर्थात् जिपिएस प्रणालीमा दर्ता भएका एम्बुलेन्सको संख्या ६५५ पुगेको जनाएको हो ।
एचईओसी प्रमुख तथा सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार एम्बुलेन्सलाई सिष्टममा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रदेश १ मा १६ वटा एम्बुलेन्समा जिपिएस जडान भएको छ भने मधेस प्रदेशमा २८६ एम्बुलेन्समा कुनै पनि प्रणालीमा आबद्ध गरिएको छैन ।
बागमती प्रदेशमा ३ सय ४७, लुम्बिनी प्रदेशमा ७०, कर्णाली प्रदेश ४२, सुदूरपश्चिमका ५८ वटा एम्बुलेन्समा जिपिएस जडान भएको छ ।
हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण