इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल निर्वाचित
सोमबार, १५ फागुन २०७९, १५ : १५
इलाम । इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष ईश्वर चिपालुलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।
पौडेलले तीन सय ६४ मत प्राप्त गरे भने चिपालुले दुई सय आठ मत प्राप्त गरे।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा दिपेश श्रेष्ठ निर्वाचित भए उद्योग उपाध्यक्ष तर्फ श्री विष्ट, वाणिज्य उपाध्यक्षमा बालबुमार श्रेष्ठ निर्वाचित भए ।
महिला उपाध्यक्षमा दिब्य भट्टराई, सचिवमा सुमन दास निर्वाचित हुँदा महासचिव पदमा हेमन्त गौतम र कोषाध्यक्षमा पदमा सन्तोष भक्तराज निर्वाचित भएङ्को निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै खुला सदस्य पदमा धर्मेन्द्र सुवेदी, हिमाल बस्नेत, नितेश खत्री, दिपेश खत्री र दिनेश महत चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण