एमडीएससीले २ करोडमा किन्यो लिगको मार्केटिङ र ब्रोडकास्टिङ अधिकार
सोमबार, १५ फागुन २०७९, १५ : ४७
काठमाडौं । सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिले पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शीर्ष तीन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार एमडीएससीले प्राप्त गरेको जनाएको छ ।
एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससीले भ्याट बाहेक १ करोड ९७ लाखमा शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको हो ।
एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका अर्जुन घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण