एमडीएससीले २ करोडमा किन्यो लिगको मार्केटिङ र ब्रोडकास्टिङ अधिकार
सोमबार, १५ फागुन २०७९, १५ : ४७

काठमाडौं । सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिले पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शीर्ष तीन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार एमडीएससीले प्राप्त गरेको जनाएको छ ।
एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससीले भ्याट बाहेक १ करोड ९७ लाखमा शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको हो ।
एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका अर्जुन घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज