अदालत
सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चको आदेशमा के छ ? भिडियोमा हेर्नुहोस्
सोमबार, १५ फागुन २०७९, १८ : ०१
काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जान अनुमति दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । आदेशसँगै सन्दीपलाई राहत मिलेको छ । साथसाथै अदालतले फास्ट ट्याकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ ।
एक किशोरी बलात्कारको आरोपमा लामिछाने अदालती प्रक्रियामा छन् । सो प्रक्रियामा पक्राउ परेका उनी यसअघि उच्च अदालत पाटनको आदेशमा २० लाख धरौटी बुझाएर रिहा भएका थिए । सो विरुद्ध पीडितको तर्फबाट सर्वोच्चमा मुद्दा दायर भएपनि सर्वोच्चले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश मिलेको ठहर गरेको छ । तर, यात्रा प्रतिबन्धसम्बन्धी विषयको आदेश भने नमिलेको भन्दै सर्वोच्चले विदेश जान अनुमति दिएको हो ।
भिडियोमा हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण